Logo

१५ पुस,वीरगञ्ज । बाराको सदरमुकाममा रहेको जेठो क्याम्पस रामराजा मो बि साह बहुमुखी क्यामपस कलैयाले आफ्नो ४२ औ आर्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

क्याम्पस प्राङ्गणमा शुरु भएको सभामा प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि सरोज कुमार यादवले बाराको शिक्षामा रामराजाको अग्रणी भुमिका रहेको बताए ।

प्रमुख अतिथि यादवले जति सम्भव छ मधेस प्रदेश सरकारले त्यो सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रमुख अतिथि मुख्यमन्त्री यादवले रामराजा क्याम्पसलाई चाहिने हर प्रकारको आवस्यकता पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै मधेस विश्व बिधालय अन्तरगत प्रदेशका हरेक सामुदायिक क्याम्पस लाई ल्याएर यसको बिकास गर्ने किसिमले पनि आफू अगाडि बढ्ने बताएका छन ।

कार्यक्रममा सम्बोधन गर्दै बिशिस्ट अतिथि प्रदेश सान्सद महमद समीरले क्याम्पसका लागि आवस्यक सहयोग गर्ने बताए । समिरले आफुले शिक्षा स्वास्थ र सिचाईलाई प्राथमिकतामा राखेर काम गरिरहेकोले रामराजा क्याम्पस आफ्नो प्राथमिकतामा रहेको बताएका छन ।

क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाले उच्च शिक्षाका लागि बनाईएको गरिबका छोराछोरी पढ्ने क्याम्पसमा जनप्रतिनिधिको पर्याप्त सहयोग नभएको बताए ।

जम्मा १४ सय बिद्यार्थी संख्या भए पनि पर्याप्त आवस्यक भौतिक संरचना सङ्गै अध्यापक संख्या नहुदा कठिनाई भएको कुश्वाहाले जानकारी गराए ।

विभिन्न किसिमका सरकारी नियमका कारण पनि विभिन्न किसिमका प्राबिधिक धार थप्न नसकिएको जनाए । कुश्वाहाले यो क्याम्पसलाई स्थानिय सरकार वा प्रदेश सरकारले आफ्नो मातहत लिएर चलाओस नभए प्रसस्त बजेट अनुदान नदिए चलाउन कठिनाई हुने बताए ।
कार्यक्रममा जनमत पार्टि बाराका अध्यक्ष शिवनाथ पटेलले क्याम्पसको बिकास बिस्तारका लागि आवस्यक हरेक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

क्याम्पसको अध्यक्ष जङ्गबहादुर चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि सम्बिधान सभा सदस्य प्रमोद गुप्ता, उप मेयर रौषन प्रविण,पुर्व प्रदेश सभा सदस्य पारस साह,जसपाका राजनितीक समिती सदस्य रामकिशोर यादव, समाजसेवी सुरेश मोदक,क्याम्पसको पुर्व अध्यक्ष प्रभु पटेल,प्रहरी निरीक्षक बिमला कठायत,उधोग बाणिज्य संघ का कोषाध्यक्ष सन्तोश बुढा,मान्ती सिंह,सन्चालक समिती सदस्य जोगिन्द्र कुश्वाहा,क्याम्पस सन्चालक समिती सदस्य सरस्वती खरेल क्याम्पसका शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

साता ब्यापि सम्पन्न विभिन्न खेलकुद प्रतियोगिताको बिजेता बिद्यार्थी खेलाडीहरुलाई मेडल,प्रमाणपत्र र ट्रफी बितरण गरिएको थियो ।
क्याम्पसको शिक्षक रबिन्द्र गिरिले सन्चालन गरेको कार्यक्रमको स्वागत सन्चालक समितिका उपाध्यक्ष महमद समिउल्लाहले गरेका थिए ।


सम्बन्धित समाचार