Logo

१६पुस,काठमाडौं । धोती दिवस मनाउने क्रममा माइतीघर मण्डलामा उत्रेपछि पक्राउ परेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित सबै प्रदर्शनकारीलाई छाडिएको छ।

राउतसहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरु सबैलाई छाडिएको प्रहरीले जनाएको छ।
ब्यानरसहित धोती दिवस मनाउन निषेधित क्षेत्र माइतीघर पुगेकाले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुलाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको थियो।अहिले पक्राउ परेका सबैलाई छाडिएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार