Logo

तस्बिर : एजेन्सी

१७ पुस,काठमाडौं। जापान एअरलाइन्सको यात्रुवाहक विमान टोकियोको हानेदा विमानस्थलमा अर्को जहाजसँग ठोकिएर आगलागी भएको छ ।

होक्काइडोबाट आएको विमान अवतरण गर्ने क्रममा जापानी तटरक्षक विमानसँग ठोकिनेबित्तिकै ठूलो आगलागी भएको थियो । आगलागीकै बीचमा जापान एअरलाइन्सको विमानमा रहेका तीन सय ७९ जना यात्रु र चालक दलका कर्मचारीको उद्धार भएको बीबीसीले जनाएको छ ।

यस्तै जापानी तटरक्षक विमानका एक जनाको उद्धार गरिएको र पाँच जना बेपत्ता रहेका जापानी सञ्चारमाध्यमले जनाएका छन् । एक घण्टासम्म पनि अग्नि नियन्त्रकले आगो निभाउन सकेका छैनन् । अहिले हानेदा विमानस्थलबाट हुने सबै उडान स्थगित भएका छन् । एजेन्सी


सम्बन्धित समाचार