Logo

१८ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध, कर्तव्य ज्यान सम्बन्धि मुद्दाका फरार प्रतिवादीहरुलाई लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका वडा नं. १२ बस्ने ५० वर्षीय फुलेना साह गोठ, वडा नं. १ बस्ने अन्दाजी २५ वर्षीय सजाद हवारी र बाराको महागढीमाई नगरपालिका–६ बस्ने अन्दाजी ५१ वर्षीय मुसफिर प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो ।

बाराका प्रहरी नायब उपरिक्षक सूचना अधिकारी दधिराम न्यौपानेका अनुसार गोठमाथि २ वर्ष कैद र २० हजार जरिवाना, हवारीमाथि ४ वर्ष ९ महिना १८ दिन कैद र ३७ हजार ५ सय जरिवाना तथा यादवमाथि १ हजार ५ सय जरिवाना तोकिएको छ ।

पक्राउ परेकाहरुलाई बारा जिल्ला अदालत कलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार