Logo

१८ पुस,वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाको वडा नम्बर ९ मा रहेको भंगी साह उच्च माध्यमिक विद्यालय करिब एक सातादेखि बन्द छ ।
विद्यार्थीहरुको आपसी विवादको विषयलाई लिएर प्रधानाध्यापक मनोज कुमार श्रीवास्तवले मनोपरी ढंगले विद्यालय बन्द गरेको बताइन्छ ।

विद्यार्थीहरुबीच भएको आपसी विवादको विषयलाई लिएर प्रधानाध्यापक श्रीवास्तवले अनिश्चितकालीन विद्यालय बन्दको सूचना जारी गरेका छन् ।विश्रामपुरका वडाध्यक्ष रविन्द्र कुमार गुप्ताका अनुसार गएको बुधबार विद्यालयमा विद्यार्थीहरुबीच विवाद भएको थियो ।

यही विवादका कारणले प्रधानाध्यापक श्रीवास्तवले सूचना जारी गर्दै विद्यालय बन्द गरेको वडाध्यक्ष गुप्ता बताउँछन् ।प्रधानाध्यापक श्रीवास्तवले एक सूचना जारी गर्दै विवाद समाधान नहुञ्जेलसम्म विद्यालय बन्द गर्ने उल्लेख गरेका छन् ।

विद्यालय बन्द हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् । कक्षा १० मा पढ्ने एक विद्यार्थीका अनुसार विद्यालय बन्द हुँदा आफूहरुलाइ एकदम सास्ती भइरहेको छ । उनी भन्छन्,‘अब एसइइ पनि नजिक्दै छ, तर पढाइ भइरहेको छैन ।

एक त्यतिकै हाम्रो पढाइ कमजोर, त्यसमा पनि विद्यालय बन्द भएर झन हामीलाइ गाह्रो भइरहेको छ ।’
यसरी विद्यालय किन बन्द भयो भनेर प्रधानाध्यापक श्रीवास्तवसंग सोधिएको प्रश्नमा अवस्था गम्भीर भएपछि विद्यालय बन्द गरेको जनाए ।

विद्यालयमा पढाउने वातावरण नभएको हुनाले नगरपालिकादेखि लिएर प्रशासनसम्मलाई जानकारी गराउदै बन्द गरिएको प्रधानाध्यापक श्रीवास्तव बताउँछन् ।
तर नगरपालिका स्रोतले भने विद्यालय बन्द बारे आफूहरु जानकार नरहेको जनाएको छ ।

स्रोत भन्छ,‘हामीलाई कुनै त्यस्तो जानकारी आएको छैन, विद्यालयको बन्द गर्न पनि भनेका छैनौ । यो सब प्रधानाध्यापकको बदमासी हो । उसैको बदमासीले यो सब घटना भइरहेको छ ।’

प्रधानाध्यापक श्रीवास्तव यसअघि बहुदरमाइकै वडा नम्बर ८ को एक स्कुलमा कार्यरत थिए । त्यहाँ कार्यरत हुँदा पनि उनी सधै विवाद नै गराइरहेको नगरपालिकामा गुनासो आइरहन्थ्यो,’स्रोतले भन्यो । त्यहीकारण हामीले त्यहाँबाट सरुवा गरिएको उनी बताउँछन् ।


सम्बन्धित समाचार