Logo

१८पुस,जनकपुर ।मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन प्रतिवद्ध रहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उनले आफूले शपथ लिएसंगै प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराए ।

अनियमितताबारे कुनै अनुसन्धान गर्ने बेलामा हाम्रो सय प्रतिशत सहयोग रहनेछ, उहांले दोहोर्याए । उनले भने, कुनै कुनै ठाउँमा गडबडी पनि भएको होला, छानबीन गरेर कारवाही गर्छौं ।

आगामी आर्थिक बर्षमा स–साना योजना र उपभोक्ता समितिमार्फत योजना संचालन नगरिने जानकारीसमेत उनले दिए ।
त्यस्तै आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सामूहिक रुपमै सुशासन कÞायम हुनसक्ने बताउँदै सुशासनको पहिलो बिगुल संघ, प्रदेश र स्थानीय सरकारले फुक्नुपर्ने आवश्यकतामा जोड दिए ।

उपमेयरहरुको समस्याको सन्दर्भमा उहाँले भन्नुभयो, अधिकारको व्यवस्था ऐनमै छ, लडेर लिनुपर्छ ।
उपभोक्ता समितिमा ठूलो विकृति आएको चर्चा गर्दै उपभोक्ता समिति बिचौलियाका रुपमा देखिएको तिक्ततापनि राईले पोखे ।

घर बनाउने, ढलान गर्ने, पुल बनाउनेजस्ता काम कुन क्षमताका अनुसार उपभोक्ता समितिलाई दिइएको हो, सोचिनुपर्दछ, उनले भने ।
प्रमुख आयुक्त राईले नीतिगत निर्णय सम्पूर्ण समुदायलाई समेटने खालको हुनुपर्ने बताउंदै यसलाई परिभाषित गर्न पनि संघ सरकारलाई भनेको स्पष्ट पारे ।

कानुनको ज्ञान ब्यूरोक्रेट्सलाई हुने गरेको र ब्युरोक्रेटले पनि नेताहरुलाई उकास्ने गरेको प्रवृत्तिप्रति उनंले कटाक्ष गरे । प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले यस अवसरमा अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वांग तथा अख्तियारकै सहसचिव लक्ष्मी प्रसाद उपाध्यायले भ्रष्टाचार नियन्त्रण तथा सुशासनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।


सम्बन्धित समाचार