Logo

१९ पुस,वीरगञ्ज । करिब एक सातादेखि बन्द पर्साको बहुदरमाइ नगरपालिकाको वडा नम्बर ९ मा रहेको भंगी साह उच्च माध्यमिक विद्यालय आजदेखि सञ्चलानमा आएको छ ।

अभिभावक, वडाध्यक्ष, विद्यर्थाी र प्रधानाध्यापकबीच आपसी सहमति जुटेपछि विद्यालय आजदेखि सञ्चालनमा आएको वडाध्यक्ष रविन्द्र कुमार गुप्ताले जनाए ।
उनका अनुसार हिजो साँझ अवेरसम्म भएको छलफलमा सबै पक्षसंग विद्यालयको बारेमा छलफल भएको थियो ।

‘त्यही छलपलमा अब उपरान्त विद्यालयमा भैझगडा नगर्ने, शान्तिपूर्ण वातावरणमा पठनपाठन हुन दिनेसहितको प्रतिबद्धता सबैको आयो, त्यसपछि सबैको सल्लाह बमोजिम आजदेखि विद्यलाय सञ्चालन गर्ने निर्णय भयो,’ उनले भने ।

गएको बुधबार कक्षा ८ का विद्यार्थीहरुबीच आपसी विवाद भएको थियो । त्यो विवादका कारणले विद्यालयमा सञ्चालनमा कठिनाइ भएको भन्दै प्रधानाध्यापक मनोज श्रीवास्तवले एक सूचना जारी गर्दै विद्यालय बन्द गरेका थिए ।

तत्काल विद्यालय सञ्चालन गर्न नसकिने भन्दै प्रधानाध्यापक श्रीवास्तवले नगरपालिकासहित स्थानीय प्रशासनलाई जानकारी गराएको बताएका थिए ।
तर नगरपालिकाका प्रशासकीय अधिकृत शेरे मुस्तुफाले भने आफू कहाँ कुनै लिखित जानकारी नआएको रेसखबरसंग प्रतिक्रिया दिएका थिए ।

यहीबीच प्रधानाध्यापक श्रीवास्तवले एक विज्ञप्ति जारी गर्दै आफ्नो बारेमा आएको समाचार निराधार रहेको टिप्पणी गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्,‘भंगी साहसंग जोडेर हिजो प्रकाशित समाचार तथ्यहीन छ, भ्रामक छ । उक्त समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’ उनका अनुसार विद्यालयमा ११ गते विवाद भएको थियो ।

त्यसपछि १२ गते सम्पूर्ण शिक्षकहरुको निर्णय बमोजिक विद्यालय बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विद्यालयले जारी गरेको विज्ञप्तिमा नै १२ गतेदेखि विद्यालय बन्द गरिएको भनिएको छ ।

यही मितिलाई गणना गर्दा पनि विद्यालय एक सातादेखि बन्द रहेको देखिन्छ ।
तर विद्यालयका प्रधानाध्यापक श्रीवास्तवले भने ‘आफ्नो गोरुको बाह« टाका’ झै झल्काउन खोजिरहेको विज्ञप्ति जारी गर्दै प्रस्तुत भइरहेका छन् ।

त्यति मात्र नभइ त्यही वडाका वडाध्यक्ष रविन्द्र कुमार गुप्ता स्वयमले बुधबारदेखि विद्यालय बन्द रहेको रेसखबरसंग प्रतिक्रिया दिएका थिए, जुन अडियो अहिलेसम्म सुरक्षित छ । तर प्रधानाध्यापक श्रीवास्तवले आफ्नो बदमासी ढाकछोप गर्न विभिन्न हतकन्डा अपनाइरहेको चर्चालाई पुष्टि गर्न घटनाक्रमले बल पुगिरहेको छ ।


सम्बन्धित समाचार