१९ पुस,वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगन्जले वीरगन्ज महानगर वडा नम्बर ३० मा रहेको विद्यालयका विद्यार्थीहरुलाई टोपी वितरण गरेको छ ।
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसोतीपुर बीरगंज–३० पर्सामा रोट्रेक्ट क्लब ऑफ बीरगंजद्वारा बालबालिकालाई बुधबार टोपी बितरण गरिएको हो ।
रोट्रेक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सर्राफले विद्यालयका प्रधानाध्यापक जोगिन्द्र पण्डित कुमाललाई विद्यालयका विद्यार्थीहरुको लागि २५० वटा न्यानो टोपी हस्तान्तरण गरेका हुन् । टोपी हस्तान्तरण कार्यक्रममा रोट्रेक्ट क्लब अफ वीरगन्जका पूर्व अध्यक्ष आयुष गुप्ता,
उपाध्यक्ष योगेश जैसवाल, सचिव विवेक पटेल, आकाश कलवार, राज सर्राफ, नीरज कुश्वाहा, अशिष श्रेष्ठ, राहुल कुश्वाहा, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव, अलि हुसैन लगायत रोट्रेक्ट क्लब अफ वीरगन्जका सदस्यहरुको उपस्थिति रहेको थियो ।
















