Logo

१९ पुस,वीरगञ्ज । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले गरिब परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।

उहाँले आज झण्डै ५० जना गरिब परिवारलाई ३० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो । “असहायके साथ मेयर कार्यक्रम” अन्तर्गत एक समारोहमार्फत उनीहरुलाई आर्थिक सहयोग गरिएको हो ।

मेयर साहको पहलमा झण्डै ६ वर्ष देखि शुरू भएको उक्त कार्यक्रमले आम गरिब परिवारलाई निकै राहत पुगेको स्थानीयको भनाइ छ ।


सम्बन्धित समाचार