Logo

२०पुस,वीरगञ्ज । बारामा रहेको एक इँटा उधोगमा अलपत्र अवस्थामा काम गरिरहेका ३४ जना भारतीय नागरिकको प्रहरीले उद्दार गरेको छ ।

बारा पचरौता नगरपालिका– ७ बेनौलीस्थित साफा इँटा उद्योगमा अलपत्रमा परी ज्यालादारी गरी बसी रहेका उनीहरूको प्रहरीले उद्दार गरेको हो ।

उधोगबाट उद्दार गरिएका मध्ये महिला १०, पुरुष ९ र बालबालिका १५ गरी जम्मा ३४ जना रहेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
सबैलाई भारतीय एसएसबीका सुरक्षाकर्मीहरूलाई हस्तान्तरण गरी भारततर्फ पठाईएको न्यौपानेले बताए ।

 


सम्बन्धित समाचार