Logo

२० पुस,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाको वडा नम्बर २५ स्थित दुइवटा सरकारी विद्यालयका विद्यार्थीहरुलाई लत्ता कपडा तथा ब्याग वितरण गरिएको छ ।

वडा नम्बर २५ को वडा कार्यालयले गाउँमा रहेको २ वटा सामुदायिक विद्यालयमा ट्रयाक सुट र ब्याग वितरण गरेको वडाध्यक्ष आशुतोष चतुर्वेदीले जनाए ।

उनका अनुसार जाडोबाट बचाउनको लागि विद्यार्थीहरुलाई लत्ताकपडा तथा ब्याग वितरण गरिएको हो ।
वडा नम्बर २५ का नेपाल राष्ट्रिय आधारभूत विद्यालय ड्राइपोर्टका १५० जना र नेपाल राष्ट्रिय आधारभूत विद्यालय खल्वाटोलाका गरी ३ सय जना विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

यसैगरी यी २ वटै विद्यालयमा गरी ३ सय थान व्याग समेत वितरण गरिएको वडाध्यक्ष चतुर्वेदीले बताए । वडास्तरीय बजेटबाट लत्ताकपडा तथा ब्याग वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

लत्ताकपडा तथा ब्याग वितरणमा वडासदस्यहरु जगदीस साह, सिकेन्द्र गुप्ता, तेतरी देबीसहितका सहभागिता थियो ।
विद्यार्थीहरुका लागि छुट्याइएको ८ लाख रुपैयाँको बजेट अन्तर्गत आज जाडो लक्षित कपडा तथा व्याग विद्यालयमा दिइएको वडा कार्यालयले जनायो ।


सम्बन्धित समाचार