२० पुस,काठमाडौं। अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफाइ पाएका छन्। २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले प्रधानमन्त्री दाहाललाई सफाइ दिएको हो। सर्वोच्च अदालतले दाहाललाई अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो।
तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा दाहालले अदालत शान्ति सम्झौताविपरीत जान लागेको आरोप लगाएका थिए।