Logo

२१ पुस,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नं. ४ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा पर्सागढीको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा चार जना महिला सहित २४ जनाले रगतदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी पर्सागढीको उपशाखाले कार्यक्रम आयोजना गरेको हो ।

उपशाखाका कोषाध्यक्ष संजय परियारका अनुसार कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगञ्जका प्रमुख सौरभ पाण्डेको टोलीले प्राविधिक सहयोग गरेको थियो ।


सम्बन्धित समाचार