Logo

२१ पुस,वीरगञ्ज । थारू समुदायको नयाँ सालको अवसरमा यहि माघ १ गते माघिपर्वमा आयोजना हुने नृत्यको अडिशन सम्पन्न भएको छ ।

विजया ओझैयाको संयोजकत्वमा आज वीरगञ्जमा अडिशन सम्पन्न भएको हो । वीरगञ्जस्थित रोयल एकेडेमी स्कूलको सभाहलमा भएको कार्यक्रममा बारा पर्साका नृत्यकर्मीले भाग लिएका थिए ।

अडिशनमा साउथ जोन मावि, रोयल एकेडेमी, वीरगञ्ज पब्लिक स्कूल, सफल एकेडेमी, सिटी मोन्टेश्वरी, प्रिन्सेज ग्रुप, बारा डान्स, नगवा थारु ग्रुप, थरुनी एक्सप्रेस लगायतले सहभागिता जनाएका हुन् ।

कार्यक्रममा माघी पर्वका संयोजक शेखर चौधरी, थारु कल्याणकारी समितीका केन्द्रिय पार्सद नन्दकिशोर पञ्जियार, थारु पत्रकार संघका अध्यक्ष शम्भू महतो थारु, सञ्चारकर्मी एन्जल चौधरी लगायतको उपस्थिती थियो ।


सम्बन्धित समाचार