Logo

२६ पुस,सर्लाही । रामबहादुर बमजन भन्ने रामलाल बम्जनलाई प्रहरीले सर्लाही ल्याएको छ। बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले छ।

विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई बुधवार राति कडा सुरक्षाका बिच सडक मार्ग हुँदै सर्लाही ल्याइएको हो।

बमजनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले विमान आउने/नआउने अनिश्चित भएपछि राति नै सडक मार्ग भएर यहाँ ल्याइएको हो।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

लामो समयदेखि फरार रहेका बमजनलाई मङ्गलबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेको थियो।

बमजनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बमजनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

प्रहरीले बमजन फरार रहेको भनी मुद्दा चलाएको र उनलाई अदालतमा हाजिर गराएपछि इजलास समक्ष प्रस्तुत गरिने श्रेस्तेदार अधिकारीले बताए।

 


सम्बन्धित समाचार