Logo

२७ पुस,वीरगञ्ज । वीरगञ्जमा पृथ्वी नारायण शाहको आज ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस  मनाइएको छ ।
वीरगञ्जको घण्टाघरमा नागरिक सभाको आयोजना गरि शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।

पूर्वराजा ज्ञानेन्द्र विर बिक्रम शाहको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति पर्साले कार्याक्रमको आयोजना गरि दिवस मनाएको हो ।
जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा सहभागी वक्ताहरुले मुलुकमा पृथ्वी नारायण शाहको योगदानबारे चर्चा गरेका थिए । उनीहरुले पृथ्वी नारायण शाहले मुलुक एकीकरणमा ठूलो भूमिका खेलेको औल्याएका थिए ।

जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसमा पशुपति बिक्रम शाहको सभापतित्व तथा नेपाली काग्रेंसमा वरिष्ठ नेता देवेन्द्रलाल नेपालीको प्रमुख आतिथ्यतामा कार्याक्रम सम्पन्न भएको हो ।

कार्याक्रममा विशिष्ट अथिति राप्रपाका केन्द्रिय सदस्य डा, राजेश गिरी, राप्रपाकी सांसद बिना जयसवाल, राष्ट्रिय नागरिक संघर्ष समितीका नरेश बहादुर सिंह, राष्ट्रवादी नागरिक समाजका केन्द्रिय उपाध्यक्ष लक्ष्मी मल्ल, स्वागत तथा नागरिक अभिनन्दन समारोह समितिका कोषाध्यक्ष राज कुमार सिन्धी ,जनकलाल साह ,दिनानाथ यादव लगायतको सहभागीता थियो ।

यहीबीच जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदा ब्यानर राख्ने विषयमा विवाद उत्पन्न भएको थियो । जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रिय प्रजान्त पार्टीले आफ्नो ब्यानर राख्न खोज्दा विवाद उत्पन्न भएको राष्ट्रिय नागरिक संघ समितिका जिल्ला संयोजक उपेन्द्र यादवले जनाए ।

उनले भने,‘बिना निर्णय राप्रपाको ब्यानर राख्न लागिएको थियो, त्यही लगाउन नदिँदा एकछिन भनाभन भएको थियो । तर केहीबेरपछि सबै ठीक भयो ।’

 


सम्बन्धित समाचार