Logo

वीरगञ्ज । तेस्रो नेशनल इन्फोटेक अन्तर कलेज ट्वान्टी–ट्वान्टी क्रिकेट कपअन्तर्गत उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेज विजयी भएको छ ।

वीरगञ्जस्थित नारायणी रङ्गशालामा शुक्रबार भएको उद्घाटन खेलमा ग्लोबल बिजनेस कलेजलाई २३ रनले हराउँदै नेशनल इन्फोटेक कलेज विजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेको नेशनल इन्फोटेकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३६ रन जोडेको थियो ।

नेशनल इन्फोटेकका लागि नितेश चौधरीले २६ बल खेलेर १ छक्का र ३ चौकाको सहयोगमा ३२ रन जोडे भने संदेश गुप्ताले ३३ बल खेलेर १ छक्का र २ चौकाको सहयोगमा ३० रन जोडे ।

जवाफी ब्याटिङमा उत्रेको ग्लोबल बिजनेस कलेजले भने निर्धारित २० ओभर खेलेर पनि नेशनल इन्फोटेकले दिएको लक्ष्य भेटाउन सकेन । उसले २० ओभरमा ९ विकेट गुमाउँदै केवल १२३ रन जोड्न सक्यो ।

ग्लोबलका लागि सोनु पटेलले ३७ बल खेलेर ५ चौकाको सहयोगमा ४० र ऋतिक पटेलले ३६ बल खेलेर ४ चौकाको सहयोगमा २८ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन् ।

खेलमा ३ ओभर खेलाएर २३ रन खर्चिंदै ४ विकेट लिने सलमान मन्सूर प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुने छन् । पहिलो खेल वीरगञ्ज पब्लिक कलेज र वीरगञ्ज कलेज प्रालि बिच हुने छ भने दोस्रो खेल वीरगञ्ज सेन्ट्रल कलेज र सेन्ट जेभियर्स बिच हुने छ ।


सम्बन्धित समाचार