![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/01/raspa.jpg?fit=1200%2C668&ssl=1)
२८ पुस,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बीरगञ्जमा हुने प्रथम भेलाको कार्यक्रम स्थगित भएको छ ।
पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने भनिएको प्रथम भेलाको कार्यक्रम एक्कासी स्थगित भएको हो ।
पार्टीभित्र आन्तरिक द्वन्द्व बढेपछि आज हुने भनिएको कार्यक्र एक सूचना जारी गर्दै स्थगित गरिएको रास्वपाका महादेव प्रसाद कुर्मीले जनाए ।
उनका अनुसार कार्यक्रमको सबै तयारी पूरा भइसक्दा पनि आन्तरिक विवाद देखिएकोले कार्यक्रम स्थगित गरिएको हो ।
उनले भने,‘आज बीरगन्ज महानगरको प्रथम भेला गर्ने तयारी थियो, यहीबाट नेतृत्व चयन गर्ने कार्यक्रम पनि थियो । तर आन्तरिक विवाद उत्कर्षमा पुगेकोले स्थगित गरिएको हो ।’
पार्टीको निर्देशन अर्को निर्देशन नआएसम्मका लागि कार्यक्रम स्थगित भएको महादेव कुर्मीले जनाए ।