Logo

२८ पुस,काठमाडौँ । शनिबारबाट सुरु भएको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले शानदार सुरुवात गरेको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

जितका लागि चाहिएको १ सय २८ रनको लक्ष्य मधेशले २० ओभर१ बलमा ३ विकेटको क्षतिमा पूरा ग¥यो ।

मधेशको जितमा अनिल साहले ५४ बलमा १४ चौका र ४ छक्काको मदतमा ८८ रन बनाए । कप्तान हरिशंकर साहले २४ रनको योगदान गरे । निरज यादवले ९ रन बनाए ।

कोशीका सोनु मण्डलले २ तथा सुजन थपलियाले १ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४१ ओभरमा सबै विकेट गुमाउँदै १ सय २७ रन बनायो ।

कोशीका लागि फिर्दोष अन्सारीले ४१ रन तथा कप्तान अंकित सुवेदीले ४० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।मधेशका लागि प्रदिप पासवानले सर्वाधिक ३ तथा राजेश यादव, रंजित कुमार र पवन सर्राफले समान २(२ विकेट हात पारे । विशाल पटेलले एक विकेट लिए ।


सम्बन्धित समाचार