Logo

२८ पुस,वीरगञ्ज । वीरगञ्जमा जारी नेशनल इन्फोटेक कप–२०८० अन्तर्गत आज भएको दोस्रो खेलमा सेन्ट जेभिर्यस बिजयी भएको छ ।

सेन्ट जेभियर्सले वीरगञ्ज सेन्ट्रल कलेजलाई १९ रनले हराएको हो । वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा आज भएको खेलमा टस जितेर सेन्ट जेभियर्सले ब्याटिङ रोजेको थियो ।

टस जितेर ब्याटिङ गरेको सेन्ट जेभियर्सले २० ओभर खेलेर ३ विकेटको क्षतीमा १ सय ११ रन बनाएको थियो । १ सय १२ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको वीरगञ्ज सेन्ट्रल कलेज पूरै ओभर खेलेर ९ विकेटको क्षतीमा ९२ रनमै समेटियो ।

आजको खेलमा सेन्ट जेभियर्सका सुवास कुमार पटेल म्यान अफ दि म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार