Logo

२८ पुस,बारा । बाराको मनहर्वामा तेस्रो मनहर्वा गोल्डकप माघ १३ गते देखि फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको आयोजक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थीत मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ ।

माघ २० गते सम्म चल्ने प्रतियोगितामा नव दुर्गा युवा क्लब सिमरा, हानामी बि.एफ.सि चितवन, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफ.सि. रौतहट, नमस्ते युवा क्लब हरिवन, बिरगंज युनाईटेड बिरगंज र आयोजक श्री मौवा देवी युवा क्लब सहभागि हुने भएका छन् ।

नव दुर्गा युवा क्लब सिमरा दोस्रो मनहर्वा गोल्ड कपको बिजेता समेत हो ।प्रतियोगिताको विजेताले नगद दुईलाख र उपविजेताले एकलाख रुपैंया पुरस्कार पाउने छन् ।

यस्तै फेयर प्लेको आधारमा सेमि–फाईनको दुईटिम मध्य कुनै एकटिमलाई नगद २५ हजारको फेयर प्ले अवार्ड प्रदना गरिने छ । यसैगरी २० हजारको एकजनालाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार, प्रतियोगिता भरिकै सर्वाधिक गोल कर्ता (हाई स्कोरर) लाई नगद २० हजार, विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षकलाई १५ हजार, डिफेन्स, मिड फिल्डर एकएक जनालाई नगद १० हजारका दरले प्रदान गरिने भएको छ ।

त्यसैगरीउत्कृष्ट टिम प्रशिक्षक, टिम म्यानेजरलाई ५,५ हजार, स्थानिय उदयीमान खेलाडी पुरस्कारबाट एकजनालाई ५ हजार र प्रत्येक दिनको उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) नगद २ हजार ५ सय प्रदान गरिने आयोजक क्लबका अध्यक्ष निर्मल कुमार यादवले जानकारी दिए ।

 


सम्बन्धित समाचार