Logo

२९ पुस,वीरगञ्ज । माघी मूल समारोह समिति पर्साले थारु माघी समारोह २०८० कार्यक्रम आयोजना गर्ने भएको छ । भोली माघ १ गते कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको जनाइएको छ ।

वीरगञ्जको आर्दशनगरस्थित पुरानो बसपार्कमा विभिन्न कार्यक्रमको आयोजना गरी माघी महोत्सव मनाइने तयारी गरिएको जारी प्रेष विज्ञप्तिमा भनिएको छ ।

आदीवासी थारु समुदायको माघी (खिचडी) पर्व तथा थारु समुदायको नयाँ वर्ष थारु सम्वत्ः २६४८ को शुभकामना आदानप्रदान, भाषा तथा सास्कृंतिक कार्यक्रमका साथै माघी समारोह मनाउन तथा राज्यका आदीवासी थारु समुदायको राजनैतिक, सास्ंकृितक, सामाजिक पहिचान, राज्यका हरेक निकायमा जनसङख्याको आधारमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व सहित हक अधिकार सुनिश्चित गर्ने उद्देश्यले कार्याक्रमको आयोजना गरिएको समितिका संयोजक शेखर चौधरीले बताउनुभयो ।

उहाँका अनुसार आम समुदायका जीवन रक्षा गर्ने हेतुले सोही दिन रक्तदान कार्याक्रम समेत आयोजना गरिएको छ । माघ १ गते बिहान घण्टाघरदेखि पुरानो बसपार्क थारु सस्ंकृति झल्कने झाँकीसहित प्रभातफेरी निकाल्ने उहाँले जानकारी दिनुभयो ।

यसैगरी कार्याक्रममा थारु सस्ंकृति झल्कने घाँटो, सामाचकेवा, झम्टा,थारु पूर्वि नाच, थारु समुदायका बालबालिकाको थारु नाच, कला प्रदर्शनी, थारु खानाका परिकारहरु घोंङ्गी, केकडा, माछा, परेवा,हाँस, कुखुरा, चिचर, भुजा र तिलको लड्डुका स्टलहरु राखिने संयोजक थारुको भनाइ छ ।

समितिका संयोजक शेखर चौधरीको संयोजकत्वमा भएको पत्रकार सम्मेलनमा प्रचार प्रसार संयोजक शम्भु महतो थारु, दिपेन्द्र चौधरी, बिजया ओझैया, नन्दकिशोर पञ्जियार, मनोज चौधरी लगायतको सहभागिता थियो । कार्याक्रमको सञ्चालन पुनम चौधरीले गर्नुभएको थियो ।

यसैबिच पर्सा जिल्लाका पाँच स्थानमा यसवर्ष माघी महोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । वीरगञ्ज महानगरपालिकासहित पर्साको पटेर्वासुगौली गाउँपालिका, जीराभवानी गाउँपालिका, पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाँउपालिकामा माघी महोत्सव मनाउने तयारी भईरहेको हो ।


सम्बन्धित समाचार