Logo

१ माघ, पर्सा । पर्साको जीराभवानी र पटेर्वासुगौली गाउँपालिकामा माघी-खिचडी महोत्सव एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यूवा समाज पकडीटोलको आयोजना तथा जिराभवानी गाँउपालिकाको सहयोगमा माघी खिचडी बिशेष कार्यक्रम सम्पन्न भएको हो । वडा नं। १ स्थित कार्यालयको परिसरमा कार्यक्रम सम्पन्न भएको छ ।

वडाध्यक्ष रामशरण खवासको सभापतित्व तथा गाँउपालिका अध्यक्ष अनोज चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा थारुको परम्परागत पहिरन, पौराणीक कालदेखि प्रयोग हुदैँ आएका विभिन्न सामग्रीहरुको प्रदर्शन गरिएको छ । यस्तै कार्यक्रममा थारु संस्कृति अन्तर्गत लोप हुदै गएको झम्टा, घाँटो लगायतका नाँच प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, जीराभवानी गाउँपालिकाका उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष महादेव महतो, सामाजिक अभियान्ता प्रकाश थारु, बिकाउ भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पालिकाभित्रका विभिन्न गाउँका १० समूहका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः २०, १०, ५ हजार रुपैया नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष बालेश्वर दिस्वाले बताउनुभयो ।

उता पटेर्वासुगौली गाँपालिकाÞमा पनि तेस्रो माघी खिचडी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग तथा माघी मूल समारोहको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गाँउपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्व तथा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा थारु जातीले प्रयोग गर्दै आएका हलो, माछा मार्ने जाल, खोकी, डेली, बेवा तथा डोकनी ९काठको भाँडा० प्रदर्शनीमा राखिएका थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री नागेन्द्र चौधरी, नेकपा माओवादी केन्द्रका बालेश्वर चौधरी, उपाध्यक्ष ममता महतो, परमेश्वर महतो, मुकेश गौरो लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा स्थानिय गायक तथा कलाकार नेपाली निरहुवाले सांगीतिक प्रस्तुती राख्नुभएको थियो । साथै चितवन माडीको अग्रिम महिला समूहका सदस्यहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो । महोत्सवमा हाँस, परेवा, कुखुराको मासु, घोगीं, अनही, सानो माछा लगायतका खानाका परिकारका स्टल राखिएको थियो ।

माघी महोत्सवको अवसरमा पटेर्वासुगौलीमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा ५ महिला सहित ८५ जनाले रक्तदान गरेका छन् ।


सम्बन्धित समाचार