Logo

२ माघ,वीरगञ्ज । लगातार बढेको कठ्याग्रिदो चिसोका कारण पर्सा बाराका अधिकांश सामूदायिक बिद्यालयहरुमा बिदा थप गरिएको छ ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, ठोरी, पटेर्वासुगौली, जगरनाथपुर, धोबिनी, छिपहरमाई, पकहा मैनपुर, कालिकामाई र सखुवाप्रसौनी गाँउपालिकामा बिहिवारसम्म बिदा थप गरिएको सम्बन्धित पालिकाले सूचना जारी गरेका छन ।

वीरगञ्ज महानगरपालिकाले महानगर अन्र्तगतका विद्यालयहरुमा थप तीनदिन जाडो बिदा थप्ने निर्णय गरेको हो । महानगरपालिकाका शिक्षा नियमन समितिका संयोजक इश्वरचन्द्र यादवका अनुसार आजदेखि माघ ४ गते बिहीबारसम्म थप तीन दिनका लागि विद्यालयहरुमा पठनपाठन बन्द गर्ने निर्णय भएको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

महशाखाका अनुसार ४ गतेसम्म बिदा दिने निर्णय भएको र माघ ५ गते मधेस प्रदेशमा बलिदानी दिवसको सार्वजनिक विदा दिइएको तथा माघ ६ गते शनिबार परेकाले अब महानगरका विद्यालयहरुमा माघ ७ गतेदेखिमात्रै नियमित रुपमा पठनपाठन सूचारु हुनेछ ।

वीरगञ्ज महानगरपालिकाले यसअघि पुष २३ देखि २९ गतेसम्म महानगरका सम्पूर्ण विद्यालयहरु बन्द गरेको थियो । शीतलहरका कारण अत्यधिक जाडो, बाक्लो हुस्सुले चलेको चिसो हावाका कारण बिद्यार्थीहरुको स्वास्थ्यमा नाकारात्मक प्रभाव पर्न सक्ने भएकाले बिदा थप गरिएको पटेर्वासुगौली गाउपालिकाका शिक्षा शाखा अधिकृत सोलेन्द्र पन्जियारले बताउनुभयो ।

अब सामुदायिक बिद्यालय आइतबारदेखि संचालनमा आउने अधिकृत पन्जियारले बताउनुभयो । यसैगरी बारा जिल्लाको पनि सबै स्थानीय तहले सामुदायिक विद्यालयहरुमा जाडोको विदा थप गरेको छ ।


सम्बन्धित समाचार