Logo

३ माघ,वीरगञ्ज । मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनका दिन माघ ८ गते वीरगञ्जका माछा–मासु र मदिराको पसल तथा होटलहरु बन्द गर्न वीरगञ्ज महानगरपालिकाले निर्देशन दिएको छ।

अयोध्याको राम मन्दिरको उद्घाटनकै दिन माघ ८ गते वीरगञ्ज १० घडिअर्वास्थित पुर्ननिर्मित रामजानकी मन्दिरमापन भगवान राम र माता सिताको मूर्ति स्थापना र प्राणप्रतिष्ठा गरिने भएकाले त्यसदिन वीरगञ्जमा माछा–मासु र मदिराका पसल बन्द गर्न महानगरपालिकाले निर्देशन दिएको हो।

बुधबार महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जारी गरेको सूचनामा भनिएको छञअयोध्याको नवनिर्मित राम मन्दिरको उद्घाटनकै अवसर पारेर वीरगन्जको रामजानकी मन्दिरमापनि माघ ८ गते भगवान राम र माता सिताको मूर्ति स्थापना र प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले उक्त दिन कुनैपनि पशु वा पंक्षीको बध, माछा–मासुको बिक्रीवितरण लगायतका कार्य नगरिदिनुहुन सरोकारवाला व्यवसायीहरुलाई सूचीत गरिन्छ।

महानगरको यो सूचनालाई अटेर गरेको पाइएमा सम्बन्धि व्याक्तीलाई नियामानुसार कारबाही गरिने चेतावनीसमेत महानगरपालिकाले सूचनामार्फत दिएको छ।


सम्बन्धित समाचार