Logo

३ माघ,वीरगञ्ज । वीरगञ्जमा भईरहेको नेशनल इन्फोटेक कप क्रिकेट टुर्नामेन्टमा आज पनि दुई खेल सम्पन्न भएका छन् । आज ग्यान्दा एकेडेमी र वीरगञ्ज सेन्ट्रल तथा हेटौँडा स्कुल र वीरगञ्ज पब्लिक कलेजबिचको खेल सम्पन्न भएको हो ।

खेलमा वीरगञ्ज सेन्ट्रल र हेटौँडा स्कुल बिजयी भएका छन् । आज भएको पहिलो खेलमा वीरगञ्ज सेन्ट्रलले ग्यान्दालाई ४ विकेटले हराएको हो । नारायणी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको ग्यान्दा निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको वीरगञ्ज सेन्ट्रलले ग्यान्दाले दिएको लक्ष्य १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो । यस्तै आजै सम्पन्न दोस्रो खेलमा हेटौँडा स्क्ुल बिजयी भएको छ । हेटौँडाले वीरगञ्ज पब्लिकलाई ३५ रनले हराएको हो ।

टस जितेर ब्याटिङ गरेको हेटौँडाले पूरै ओभर खेलेर ३ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्ज पब्लिक कलेज १७ ओभर १ बलमा सबै विकेट गुमाएर १०० रनमै समेटियो ।


सम्बन्धित समाचार