Logo

४ माघ,वीरगञ्ज । वीरगञ्जमा भईरहेको नेशनल इन्फोटेक कप क्रिकेट टुर्नामेन्टमा आज पनि दुई खेलहरु सम्पन्न भएका छन् ।

आज अल्पाइन स्कुल र हेटौडा स्कुल तथा आयोजक नेशनल र वीरगञ्ज सेन्ट्रलबिचको खेल सम्पन्न भएको हो । खेलमा अल्पाइन स्कुल र आयोजक नेशनल बिजयी भएका छन् ।

नारायणी क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा अल्पाइनले हेटौँडा स्कुललाई ३ रनले हराएको हो । टस जितेर ब्याटिङ गरेको अल्पाइनले १९ ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

अल्पाइनका लागि मनिष पटेलले २९, अफरिदि अन्सारीले १६ र अफरोज अन्सारीले १५ रनको योग दिए । बलिङतर्फ प्रञ्जल उपाध्याय, कृष्ण यादव र गौरव श्रेष्ठले क्रमशः २/२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको हेटौँडा १८.४ ओभरमा पूरै विकेट गुमाएर १ सय ३ रन बनायो । उसका लागि कृष्ण यादवले २३ रन बनाए । यस्तै साहेव यादव १६ र अमन यादव १२ रन बनाए । बलिङतर्फ अल्पाइनका अफरोज अन्सारी र रञ्जित चौहानले २/२ तथा नवराज अधिकारीले १ विकेट लिए ।

यस्तै आजै सम्पन्न दोस्रो खेलमा आयोजक नेशनलले जित निकालेको छ । नेशनलले वीरगञ्ज सेन्ट्रललाई ३ विकेटले हराएको हो । टस जितेर ब्याटिङ रोजेको नेशनल निर्धारित ओभरमा ९ विकेटको क्षतीमा १ सय ३२ रनको योगफल तयार ग¥यो ।

नेशनलका लागि रुहुल हकले अर्धसतक पार गर्दै ६७ रन बनाए । यस्तै नितेश चौधरी १८ र अफवन अलिले १७ रन जोडे । बलिङतर्फ निकेश गुप्ताले ३ विकेट लिए । रोशन यादव र मुकेश मण्डलले २÷२ विकेट लिए ।

नेशनलको लक्ष्य पछ्याएको वीरगञ्ज सेन्ट्रल पूरै ओभर खेलेर ७ विकेट गुमाएर १ सय २९ रनमै अलआउट भयो । उसका लागि अखिल खानले ४३ र निकेश गुप्ताले ४० रन बनाए । यस्तै कमलेश पटेल १६ रन बनाए ।

बलिङतर्फ वासिम अलि मन्सुरीले ३ विकेट लिए । भने सलमान मन्सुरी र महम्मद सरिफ अन्सारीले १÷१ विकेटठ लिए ।
आजको खेलमा अल्पाइनका अफरोज अन्सारी र नेशनलका रुहुल अक म्यान अफ दि म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार