Logo

६ माघ,वीरगञ्ज । नेशनल इन्फोटेक क्रिकेट कपमा आज भएको पहिलो खेलमा अल्पाइन स्कुलले फराकिलो रन अन्तरले जित निकालेको छ ।

अल्पाइनले वीरगञ्ज कलेजलाई ७५ रनले हराएको हो । वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर अल्पाइनले ब्याटिङ रोज्यो । उसले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

उसका लागि अफरोज अन्सारीले ३९ र इसरार अहमदले ३४ रन बनाए । यस्तै अफरिदि अन्सारीले २८ रन जोडे । बलिङतर्फ खगेन्द्र दासले ३ विकेट र सुरज पटेलले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको वीरगञ्ज १९ ओभरमा पूरै विकेट गुमाएर ८६ रनमै समेटियो । वीरगञ्जका लागि आदित्य पासवान १८, सन्देश बैठा १५ र सोहेल अन्सारीले १३ रन योगदान गरे ।

बलिङमा अल्पाइनका रामप्रित चौधरीले ३ विकेट लिए । यस्तै अफरिदि अन्सारीले २ विकेट लिए ।

खेलमा अफरिदी अन्सारी म्यान अफ दि म्याच घोषित भए ।यस्तै अहिले दोस्रो खेलमा ग्यान्दा एकेडेमी र ग्लोबल बिजनेश कलेजबिचको खेल जारी छ ।


सम्बन्धित समाचार