Logo

६ माघ,वीरगञ्ज । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन वीरगञ्ज महानगरका सद्भावना दुत तथा वरिष्ठ उद्योगी अशोक वैद्य र वीरगञ्ज उद्योगी वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल भारत प्रस्थान गरेका छन् ।

उनीहरु शनिवार बिहान भारत प्रस्थान गरेका हुन् । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वैद्य र राजपाललाई बिदाई गरे ।

मेयर सिंहले उनीहरुलाई वीरगञ्जस्थित रामाजानकी मन्दिर परिसरमा माला र गम्छा लगाएर बिदाई गरे । भगवान् रामको जन्मभूमि अयोध्यामा निर्माण भएको राम मन्दिरको २२ जनवरीमा प्राण प्रतिष्ठा समारोहको आयोजना गरिएको हो ।

यसअघि वीरगञ्जका युवा समूह पनि राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन ३५० किलोमिटर दुरीमा रहेको अयोध्याधामको पैदल यात्रामा निस्किएका छन् ।


सम्बन्धित समाचार