Logo

६ माघ,वीरगञ्ज । नेपाल जनता पार्टी पर्सा जिल्ला समीतिको सम्पर्क कार्यालय श्रीराम मन्दिर अयोध्या उदघाटनको पावन दिन माघ ८ गते २२ जनवरीका दिन हुने भएको छ । विश्व भरीका हिन्दूहरुको लागी श्रीराम मन्दिर प्रमुख आस्था केन्द्र भएकोले सोही दिन कार्यालयको उदघाटन गरिने पार्टीले जानकारी दिएको छ ।

गोपाल मण्डली बीरगंजमा नेपाल जनता पार्टी जिल्ला समिति पर्साको बैठकले यसबारे निर्णय गरेको हो ।

पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको बैठकमा पार्टिका केन्द्रीय वरिष्ठ नेता एवम वार्ता समिति संयोजक संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी,पिया सिंह,सुरेश साह कानू,मधेश प्रदेश समितिका पारस द्विबेदी,रामप्रसाद कुर्मी,विभा साह,मनोज गुप्ता,पर्सा जिल्ला उपाध्यक्षहरु धीरज साह,सचितानंद गिरी, महामंत्री नवीन मिश्रा,मंत्री आनन्द सिंह,कार्य समिति सदस्यहरु संतोष कुशवाहा,मनोज सराफ,विनय सिंह,ओमप्रकाश पटेल, रणवीर सोनी,पियूष गुप्ता,सुमन्त कुमार दीप, नंदू रौनीयर,प्रमोद शर्मा, विजय कुर्मी,संदीप पटेल, बिधयानंद पटेल,नितू देवी,सपना सिंह,अमित श्रीवास्तव, वरिष्ठ सल्लाहकार सोहर बाबा भगत सहितको उपस्थिति रहेको थियो । पाँच सय वर्षको संघर्ष र हजारौ हजारको बलिदानी बाट अवसर प्राप्त भएको हो ।

सनातन धर्म मान्नेहरुको लागी माघ ८ गते २२जनवरी ऐतिहासिक दिन भएकोले बताउदै पार्टी पर्सा जिल्ला समितिले माघ ८ गते घर घर दीपावली,पूजापाठ र हर मन्दिरमा भव्य पूजापाठ गर्न हिन्दू समाज लाई आग्रह समेत गरेको छ ।

साथै अयोध्या श्रीराम मन्दिर उदघाटनको पावन दिन माघ ८ गते देश भरी हिन्दू समाज,धार्मिक संघ–संस्था,विभिन्न समूहले गर्ने कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने समेत पार्टीका नेतागण लाई अनुरोध गरेको छ ।


सम्बन्धित समाचार