Logo

७ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी आठौं प्याब्सन टि–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैछन् । शनिबारदेखि शुरु भएको प्रतियोगितामा आईतबार (आज) दुईखेल हुने भएको हो ।

आदर्शनगर रंगशालामा आजको पहिलो खेल मनकामना मावि र अल्पाईन माविबीच बिहान ८ बजे शुरु हुने प्रतियोगिताका संयोजक अमित आलोकले जानकारी दिए । त्यस्तै दोश्रो खेल एमईएस मावि र नेपाल काभेरी माविबीच मध्यान्ह १२ बजे हुनेछ ।

हिजो भएको उदघाटन खेलमा गौतम मावि र साउथजोन माविले विजयी शुरुवात गरेका छन् । गौतम माविले ज्ञानज्योती माविलाई ३ विकेटले पराजित गरेको हो । त्यस्तै अर्को खेलमा साउथजोन माविले सेण्टजेभियर्सलाई ९ विकेटले पराजित गरेको हो ।


सम्बन्धित समाचार