Logo

७ माघ,वीरगञ्ज । पर्सामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पार्टीका निवर्तमान अध्यक्ष रामदरश कुश्वाहाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा छिपहरमाई गाउँपालिका वडा नम्बर ४ बाट दर्जन भन्दा बढी नेता कार्यर्ताहरु विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

वीरगंज सिटी पार्टी प्यालेसमा हिजो भएको कार्यक्रममा नेकपा एमालेका युवा नेता तथा छीपहरमाई गाउँपालिका युवा संघका अध्यक्ष प्रदीप पटेलको नेतृत्वमा दर्जनौं युवा पार्टी प्रवेश गरेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट राजेश्वर कुशवाह र जसपाबाट नेता मुराद आलमको नेतृत्वमा दर्जनौ कार्यकर्ता पार्टी प्रबेश गरेका छन ।

पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य पस्मिना कादरी, बीरगन्ज महानगर सचिव सुरेन्द्र गुप्ता, आमन्त्रित केन्द्रीय सदस्य सबा अन्सारी, जिल्ला सदस्य नन्दकिशोर पञ्जियार, टुन टुन तिवारी, वासियल पर्सा इन्चार्ज गौरब सन्तोष पटेल लगायतको उपस्थिति रहेको थियो । अर्मान मियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वासियल नेपाल पर्सा जिल्ला संयोजक दिपेन्द्र सिंह पटेलले गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार