Logo

७ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी नेशनल इन्फोटेक क्रिकेट कपमा ग्यान्दा एकेडेमीले जित निकालेको छ । ग्यान्दाले सेन्ट जेभियर्सलाई ७९ रनको फराकिलो अन्तरले हराएको हो ।

नारायणी क्रिकेट रंगशालमा आज बिहान भएको पहिलो खेलमा टस जितेर ग्यान्दाले ब्याटिङ रोज्यो । उसले १९.२ ओभरमा पुरै विकेटको क्षतीमा १ सय ३८ रन बनायो । ग्यान्दाका लागि धिरज पटेलले सर्वाधिक ४७ रन बनाए ।

यस्तै प्रवेज आलम २२ र कन्हैया कुमार साहले २० रन जोडे । बलिङमा हिमान्सु गुप्ता, सन्देश कुमार पटेल र राजु महतोले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सेन्ट जेभियर्स १७.३ ओभरमा पुरै विकेट गुमाउँदै ५९ रनमै अलआउट भयो । उसका लागि हिमान्सु गुप्ता १४ र सन्देश कुमार पटेल १२ रन जोडे । ग्यान्दाका इमरोज आलम र प्रवेश आलमले क्रमश ३÷३ विकेट लिए ।

खेलमा प्रवेश आलम म्यान अफ दि म्याच घोषित भएका छन् । यस्तै अहिले जारी दोस्रो खेलमा नेशनल एकेडेमी र अल्पाइन स्कुल खेल्दैछन् ।

 


सम्बन्धित समाचार