Logo

७ माघ,वीरगञ्ज । वीरगन्जमा जारी आठौं प्याब्सन टि–२० क्रिकेट प्रतियोगितामा मनकामना मावि दुई सय ४६ रनको फराकिलो अन्तरले बिजयी भएको छ ।

आजको भएको पहिलो खेलमा मनकामना माविले २४६ रनको फराकिलो अन्तरले अल्पाइन स्कुललाई हराएको हो ।
आर्दशनगर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको मनकामना स्कुलले पूरै ओभर खेलेर ६ विकेटको क्षतीमा २ सय ९४ रनको बिशाल योगफल बनायो ।

उसका लागि असानुल हकले अर्धसतक पार गर्दै ८४ रन खेले । यस्तै राहुल ठाकुरले ५५ रन र सन्नी कुशवाहाले ३९ रन जोडे । यस्तै अभिराज यादव र आदित्य राज पाण्डेले समान २/२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको अल्पाइन निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ४८ रनमै समेटियो । अल्पाइनका लागि आलोक पटेल नटआउट हुँदै १० रन बनाए । मनिष यादवले ५ रन जोडे । मनकामनाका रोबिन कुमालले सर्वाधिक ५ विकेट लिए । भने सलमान मलिकले ३ विकेट लिए ।

खेलमा मनकामना माविका असानुल हक म्यान अफ दि म्याच घोषित भए ।
यस्तै अहिले जारी दोस्रो खेलमा एमइएस मावि र नेपाल काभेरी माविबिच खेल भइरहेको प्रतियोगिताका संयोजक अमित आलोकले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार