Logo

७ माघ,वीरगञ्ज । वीरगञ्जमा भइरहेको एनआइ क्रिकेट कपमा नेशनल एकेडेमीले जित निकालेको छ ।

नेशनलले अल्पाइनलाई १० रनले हराएको हो । नारायणी क्रिकेट रंगशालामा आज सम्पन्न दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेशनल निर्धारित ओभरमा ६ विकेट गुमाएर एकसय १६ बनायो ।

उसका लागि अर्जुन यादव ४४ र रोहित श्रीवास्तवले ३५ रन बनाए । बलिङमा नवराज अधिकारीले सबैभन्दा बढि ४ विकेट लिए ।

यस्तै रञ्जित चौहान र रामप्रित चौधरीले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको अल्पाइन पूरै ओभर खेलेर ८ विकेटको क्षतीमा १ सय ६ रनमा समेटियो । अल्पाइनका लागि मनिष पटेलले ४३ रन बनाए । यस्तै अफरोज अन्सारीले २० र इसरार अहमदले १६ रन जोडे । बलिङतर्फ विरेन्द्र साह कानुले ३ र सनी कुमार कलवारले २ विकेट लिए ।

खेलमा अर्जुन यादव म्यान अफ दि म्याच घोषित भएका छन् ।

यस्तै आजै सम्पन्न पहिलो खेलमा ग्यान्दा एकेडेमीले सेन्ट जेभियर्सलाई ७९ रनको फराकिलो अन्तरले हराएको थियो ।


सम्बन्धित समाचार