Logo

८ माघ,वीरगञ्ज । एनआई क्रिकेट कपमा वीरगञ्ज पब्लिक कलेज सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा नेशनल एकेडेमीलाई ६९ रनले हराउँदै बिपिसी सेमीफाइनलमा प्रवेश गरेको हो । नारायणी क्रिकेट रंगशालमा भएको खेलमा टस जितेर बिपिसिले ब्याटिङ रोज्यो । उसले १९.५ ओभरमा पूरै विकेट गुमाएर एकसय ३९ रन बनाएको हो ।

जवाफी ब्याटिङ गरेको नेशनल एकेडेमी १३.२ ओभरमा सबै विकेट गुमाउँदै ७० रनमै अलआउट भयो । आजको खेलमा जदुवंशी बैठा म्यान अफ दि म्याच घोषित भएका छन् । यो खेल सकिएसँगै प्रतियोगितामा आजदेखि लिग चरणका खेलहरु सकिएका छन् ।

प्रतियोगितामा बिपिसी, नेशनल ईन्फोटेक, हेटौडा स्कुल, र ग्लोबल बिजनेस कलेज सेमीफाइनमा प्रवेश गरेका छन् । बुधबारदेखि सेमिफाइनल चरणका खेलहरु सुरु हुने आयोजकले जनायो । बुधवार हुने पहिलो सेमीफाइनल खेलमा नेशनल ईन्फोटेक र हेटौडा स्कुल खेल्ने छन् । भने बिहिबार बिपिसी र ग्लोबल बिजनेस कलेजबीच प्रतिस्पर्धा हुने एनआई कलेजका प्रबन्ध निर्देशन मनिष सिंहले जनाए ।

 


सम्बन्धित समाचार