Logo

८ माघ,वीरगञ्ज । प्याब्सन इन्टर स्कुल नकआउट टि–२० क्रिकेट प्रतियोगितामा जीवनज्योती मावि ६१ रनले बिजयी भएको छ ।

जीवनज्योतीले माउन्ट एडमण्डलाई पराजित गरेको हो । वीरगञ्जको आर्दशनगर खेल मैदानमा आज सम्पन्न दोस्रो खेलमा टस जितेर जीवनज्योतिले ब्याटिङ रोज्यो । उसले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको हो ।

जवाफी ब्याटिङ गरेको एडमण्ड १७.३ ओभरमा पूरै विकेटको क्षतीमा एकसय ३५ रनमै समेटियो ।

खेलमा अनिश रौनियार म्यान अफ दि म्याच घोषित भए ।

आजै सम्पन्न पहिलो खेलमा ओम नेशनल एकेडेमीले मालिनीलाई १० विकेटले हराएको थियो ।


सम्बन्धित समाचार