Logo

१० फागुन,वीरगञ्ज । अल्पाइन इन्टर कलेज क्रिकेट कपमा नेशनल इन्फोटेक १० विकेटले बिजयी भएको छ ।

नेशनल इन्फोटेकले म्यारीगोल्डलाई हराएको हो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा म्यारीगोल्डले दिएको लक्ष्य नेशनलले ५ ओभरमा भेट्टायो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको म्यारीगोल्डले १४ ओभर ३ बलमा पूरै विकेट गुमाउँदै ५६ रनको सामान्य योग बनाएको थियो ।

खेलमा वसिम अलि मन्सुरी म्यान अफ दि म्याच घोषित भए ।

 


सम्बन्धित समाचार