Logo

१८ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्राले आगामी आर्थिक वर्षदेखि कुल बजेटको २० प्रतिशत शिक्षा,स्वास्थ्यमा लगानी गर्ने घोषणा गरेका छन ।

शुक्रबार वडा नम्बर २६ को स्वास्थय चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वडाको कुल बजेटको २० प्रतिशत बजेट अबदेखि शिक्षा स्वास्थय क्षेत्रको लागि छुटयाउने जानकारी दिए ।वडाबासीहरुको स्वास्थय चौकीबाट सहज गुणस्तरीय सेवा लिन सकुन भनेर नै यस बर्ष डेढ लाख बराबरको स्वास्थय सामाग्रीहरु स्वास्थय चौकीलाई हस्तान्तरण गरेको उनले बताए ।साथै एक महिनाको तलब भता स्वास्थ्य चौकीलाई प्रदान गर्ने प्रतिबद्धता समेत वडाध्यक्ष मिश्राले जनाएका थिए ।

आफु ०७४ सालदेखि नै वडाध्यक्ष रहेको तथा यस अवधिमा सुगौली टोलमा बाटोको बिकाशमा बढी जोड दिएको उनले बताए ।पहिलो पटक आफु वडाध्यक्षमा निर्बाचित हुदा वडामा आठ फिटको मात्रै मुख्य बाटो रहेकाले एम्बुलेन्स,दमकल समेत छिर्न नसक्ने अवस्था भएको बताउदै अहिले ती बाटोलाई ३० फिटको पक्कि बाटोमा बिकाश गरेको वडाध्यक्ष मिश्राको भनाई थियो ।आफनो वडाको स्वास्थय चौकीलाई महानगरका ३२ वटै वडामा एक नम्बरमा ल्याउनको लागि आफुले सक्दो सहयोग गर्ने समेत उनले बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका स्वास्थय शाखाका प्रमुख अनिल कुमार यादवले २७ गतेदेखि चल्न गईरहेको दादुरा रुवेला खोपमा समन्ववय गरि कोही पनि नछुटने गरि खोप लिनको लागि वडाबासीसित आग्रह गरे ।उनले स्वास्थय चौकीमा वडा कार्यालयबाट बिभिन्न सामाग्रीहरु प्रदान गरिएकाले स्वास्थ्यकर्मीहरुसहित बिरामीहरुलाई समेत यसले फादा पुग्ने बिश्वास ब्यक्त गरे ।कार्यक्रममा बोल्दै स्वास्थय चौकीका प्रमुख रामकुमार यादवले स्वास्थ्य चौकीबाट प्रदान हुदै आएको सेवाको बारेमा प्रकाश पारेका थिए ।

वडाध्यक्ष मिश्राको अध्यक्षतामा सम्पन्न भएको स्वास्थय सामाग्री हस्तान्तरण कार्यक्रममा वडा सचिव बिनोद यादव,प्रधानाध्याप्क बिरेन्द्र ठाकुर, ईलाका प्रहरी कार्यालय सुगौलीका प्रमुख बाल कुँवर कार्की,बिभिन्न राजनितीक दलका अगुवा,स्वास्थ्य चौकीका जनस्वासथ्य निरिक्षक राघवेन्द्र मिश्र,खोप कार्यकर्ता श्रवण कुमार,सि.अनमी कुन्ति कुशवाहा लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी जाहिर अन्सारीले गरेका थिए भने स्वागत मन्त्बय पासपती जैयसवालले गरेकी थिईन ।

 


सम्बन्धित समाचार