Logo

२१ फागुन,काठमाडौं । नयाँ गठबन्धनमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूको बैठक बालुवाटारमा जारी छ । एमाले–माओवादी–रास्वपा–जसपा सम्मिलित गठबन्धनको बैठक केही बेरअघिबाट सुरू भएको हो । बैठकमा लिखित सहमति हुने बताइएको छ । मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको सम्मको भागबन्डा प्याकेजमै सहमति हुने नेताहरूले बताएका छन् ।

एमालेका एक पदाधिकारीले नेपाल प्रेससँग भने, ‘प्रदेशसम्मको बाँडफाँट प्याकेजमै मिलाउने गरी छलफल भइरहेको छ ।’

बालुवाटार छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । त्यस्तै वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल राजेन्द्र श्रेष्ठ पनि बैठकमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । आजै साँझ एमाले, माओवादी र रास्वपाका एकएकजना गरी तीनजनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।

सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनिसकेको छ । कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।साभार नेपालप्रेस

 

 


सम्बन्धित समाचार