Logo

२६ फागुन,वीरगञ्ज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्मस्ता बाहिनी बर्दिवासमा आयोजित २२ औं स्थापना दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।

उनले प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।

शान्ति सुरक्षामा अहोरात्र खटिने सशस्त्र प्रहरीहरुलाई न्युनतम सेवा सुविधा समेत उपलब्ध नभएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री यादवले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘सशस्त्र प्रहरीहरुले न्यूनतम सेवा सुविधा समेत पाउन सकेका छैनन् । त्यसका लागी संघ सरकारलाई ध्यान दिन आग्रह गर्दछु ।’

शान्ति सुरक्षाका लागि आवश्यक स्रोत साधन प्रदेश सरकारले समेत उपलब्ध गराउने बताउँदै उनले प्रदेश सरकारले आफ्नो सामर्थले भ्याए सम्म सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी बर्दिवासका बाहिनीपति डिआईजी दिपेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरीका एआइजी चन्द्रप्रसाद गौतम, मुख्यन्यायधिवक्ता विरेन्द्र ठाकुर, प्रदेश सभा सदस्य शारदा थापा सहित सुरक्षा निकायका प्रदेश स्थित प्रमुखहरु, समाज सेवी, उद्योगीहरु लगायतको उपस्थिति थियो ।

साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई मेडल, ट्रफी, एवं उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।


सम्बन्धित समाचार