Logo

बारा २६ फागुन । राधाकृष्ण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहको १६ औँ सधारण सभा सम्पन्न भएको छ । सधारण सभाको उद्घाटन मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले गनुृभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले जनतासँग हातेमालो गरी बन उपभोक्ता समुहहरु बनाउँन सकेको खण्डमा मात्र बन संरक्षणमा टेवा पुग्ने दाबी गर्नुभयो । उनले मध्यवर्ति क्षेत्रभित्र पर्यापर्यटन बिकासको प्रशस्त आधारहरु भएपनि त्यसको उचित प्रयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

जनजागरण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष अमृत लाल श्रेष्ठले उपभोक्ता समुहहरुले आफुभन्दा माथिका समितीहरुको कुराहरु नमानिदिँदा सोचे अनुसारको परिवर्तन ल्याउँन नसकिरहेको दुखेसो गरे । काठको मुल्यलाई बढाएर उपभोक्तालाई दिनु कदापी स्वीकार नहुने तर्क गरे । बन उपभोक्ता समुहरु आफनो दायित्व र अधिकारलाई बुझेर काम गर्नुपर्ने सल्लाह दिए । संस्था कुनै ब्यक्तिको निर्देशनमा नचल्ने भएका कारण समुहगत निर्णयलाई प्रधानता सम्झेर अघि बढ्नुपर्नेमा जोड दिए । पर्सा राष्ट्रिय निकुञ्जका संरक्षक बन अधिकृत सन्तोष भगतले बन तथा बन्यजन्तुको संरक्षणकोलागि बन उपभोक्ता समिती हो भन्ने कुरा उपभोक्ताहरुले बुझनुपर्ने धारणा राख्नुभयो ।

काठ उपभोगतर्फ मात्र आफनो ध्यान केन्द्रित गर्दा बन तथा बन्यजन्तुको बिकास कहिँ ओझेलमा त परेको छैन् भन्दै चिन्ता ब्यक्त गरे । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य क्षेत्र बहादुर श्रेष्ठ( अनिल )ले उपभोक्ता समुहले स्थानीय , प्रदेश र राष्ट्रिय स्तरमा पर्यापर्यटनको काम गरिरहेको जानकारी दिए । उनले बाताबरण संरक्षण गरी मानवजातीको कल्याणको काम गरिरहेकोमा बन संरक्षणमा जुटेका सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठले वडाले अनुदान दिएर भएपनि उपभोक्तालाई सस्तोमा काठ उपलब्ध गराउँने मानसिकतामा रहेको बताए । उपभोक्ताले ६० प्रतिशत र वडा कार्यालयले ४० प्रतिशत अनुदान काठमा दिन तयार रहेको बताए । त्यसकालागि आवश्यक प्रक्रिया अगाडि बढाउँन राधाकृष्ण मध्यवर्ति सामुदायिक बनसँग अनुरोध गरे ।

जीतपुरसमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारीले उपभोक्ता समुहको सभा हल बनाउँनकोलागि ३० लाखको टेन्डर आहवान गरिएको जानकारी दिए । राधाकृष्ण मध्यवर्ति सामुदायिक बनका अध्यक्ष सत्य बहादुर श्रेष्ठले काठ उत्पादन उपभोक्ता समुहले चाहेर मात्र नहुने भएका कारण काठ उत्पादन भएन् भनेर समुहलाई मात्र दोष दिने कार्य बन्द गर्न अनुरोध गरे ।

राधाकृष्ण सामुदायिक बन निती , नियमलाई टेकेर उपभोक्ताको हितमा काम गरेको दाबी गरे । राधाकृष्ण मध्यवर्ति सामुदायिक बनमा करिब १४ सय घर धुरीहरु आबद्ध छन् ।


सम्बन्धित समाचार