Logo

२८ फागुन,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका जुत्ताहरु बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरबाट प्रहरीले भन्सार छलीका जुत्ताहरु बरामद गरेको जनाएको छ ।

नामथर नखुलेको एक व्यक्तिले घरकोठा भाडामा लिएर अनाधिकृतरूपमा जुत्ताहरु भण्डारण गरी राखेको सूचना प्रहरीलाई आएको थियो । सोही सूचना पछ्याउँदै जाँदा सात लाख ५० हजार मूल्यका जुत्ताहरु बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक ध्रुब बहादुर श्रेष्ठले बताए ।

प्रहरीले ६९५ जोर जुत्ता, सुपर क्लिक क्रिम ३७ पिस र प्लाष्टिकको लेडिज चप्पल २६ पिस बरामद गरेको उनको भनाइ छ ।

बरामद सामानहरु आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार