Logo

२ चैत,वीरगञ्ज । मधेश प्रदेशका आठै जिल्लाका विद्यालयहरुमा गणित विषय अध्यापन गराउने शिक्षकहरुका लागि तालिम आयोजना गरिएको छ । नेपाल गणित समाज मधेश प्रदेशको आयोजना तथा निक सिमन्स फाउण्डेशनको सहयोगमा वीरगञ्जको होटल भिसुवामा तालिम आयोजना गरिएको हो ।

मधेस प्रदेशका विभिन्न विद्यालयका कक्षा ९ देखि १२ सम्म गणित विषय अध्यापन गराउने शिक्षकहरुलाई सोसाइटी टु सोसाइटी प्रोजेक्ट अन्र्तगत नेपालमा गणित शिक्षालाई बलियो बनाउने उद्देश्यले मधेश प्रदेशमा शिक्षक तालिम आयोजना भएको हो ।

प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह तथा विशिष्ट अतिथि सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख यशवन्त यादव, ठोरी गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ, रौतहटको बौधीमाई नगरपालिका प्रमुख प्रदीपकुमार यादव लगायतले संयुक्त रुपले पानसमा बत्ती बालेर तालिमको उद्धघाटन गरे ।

तालिमको उद्धघाटन गर्दै नगरप्रमुख सिंहले शिक्षकहरुका लागि यो तालिम निकै फलदायी हुने विश्वास व्यक्त गरे । उनले गणित विषयको उत्थानका लागि प्रस्ताव लिएर आए महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका सामाजिक अभियान्ता प्रकाश थारु बताउँछन् ।

तालिममा ४८ सेशन हुने छ, जसमध्ये ३३ सेशन हालसम्म सम्पन्न भइसकेको नेपाल गणित समाजका उपाध्यक्ष डा. श्रीराम खड्काले जानकारी दिए । उनका अनुसार हालसम्म यो तालिमबाट ६० जना शिक्षक लाभान्वित भएका छन् ।
केन्द्रिय सभापति प्रा.डा नारायणप्रसाद पहारी, मधेस प्रदेशका सभापति डा. कृपासिन्धु प्रसाद चौधरीको संयुक्त सभापतित्वमा सुरु भएको तालिममा मधेश प्रदेशका आठै जिल्लाका गणित विषय अध्यापन गराउने शिक्षकहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार