Logo

२ चैत,वीरगञ्ज । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को नेतृत्व हेरफेर भएको छ । सीआइबी प्रमुख किरण बज्राचार्यमाथि सुन काण्डको अनुसन्धानमा गम्भीर त्रुटि गरेको आरोप लागेपछि नेतृत्व हेरफेर गर्न लागिएको स्रोतको दाबी छ ।

उनको ठाउँमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाउने तयारी गरिएको स्रोतले जनाएको छ ।

एआईजी बज्राचार्यलाई जिम्मवारीमुक्त गरेर आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई उनको ठाउँमा जिम्मेवारी दिने स्रोतले जनाएको छ । एआइजी ज्ञवाली अहिले प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रमुख छन् ।

सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको छ ।


सम्बन्धित समाचार