Logo

२४ चैत,वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ ।

यसअघिका तीन वटै खेल जितेको राजस्थान ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । तर चार खेलमा एउटा मात्रै जितेको आरसीबी २ अङ्कका साथ आठौँ स्थानमा छ । आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र आरसीबीबीच ३० वटा खेल भएकोमा राजस्थानले १२ र आरसीबीले १५ खेल जितेको छ । तीन खेल नतिजाविहीन भएको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ । जितसँगै हैदराबादको चार खेलमा चार अङ्क भएको छ । हैदराबाद पाँचौ स्थानमा छ । त्यस्तै चार खेलमा चार अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ ।


सम्बन्धित समाचार