Logo

१० वैशाख,वीरगञ्ज । बोक्सी आरोपमा कैद सजाइ भइ फरार भएका प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । बोक्सी आरोपमा बारा जिल्ला अदालतबाट ५ महिना १४ दिन कैद सजाय भइ फरार भएका एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको टोलीले लुकिछिपी बस्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २७ बर्वा टोल बस्ने ५९ वर्षका हनुमान सहनी रहेका उनले बताए ।

सहनीलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बारामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।


सम्बन्धित समाचार