Logo

११ वैशाख,वीरगञ्ज । मोटरसाइकल दुर्घटनामा परी एकजना पत्रकारको निधन भएको छ । मोटरसाइकल दुर्घटना हुँदा धनुषाका एक जना पत्रकारको निधन भएको हो । भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका वडा नम्बर ५ का २८ वर्षका विनयकुमार यादव रहेका प्रहरी नायब उपरिक्षक रञ्जन अवाले पुष्टि गरे ।

आज बिहान ४ बजेको समयमा जनकपुरतर्फ जाँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका वडा नम्बर ६ को जनकपुर ढल्केवर सडकखण्डमा अनियन्त्रित भइ सडक छेउको रेलिङमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भिर घाइते चालक विनयको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार यादवका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

मृतक विनयको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
विनय रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक हुन् ।


सम्बन्धित समाचार