Logo

१९ वैशाख,वीरगञ्ज । विभिन्न मुद्दामा सजाय भइ फरार रहेका ४ जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट सजाय पाई फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

लुकिछिपी बस्दै गरेको अवस्थाबाट विभिन्न इकाई कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा निजगढ–९ बस्ने विष्णु श्रेष्ठ, कलैया उपमहानगरपालिका–२१ का बिल्टु महरा चमार, प्रसौनी–१ बस्ने नाबेद आलम मन्सुर र निजगढ–१२ का सूर्य बहादुर घलान रहेका बाराका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बाराका उपस्थित गराइएको प्रहरीको भनाइ छ ।

 

 


सम्बन्धित समाचार