Logo

२० वैशाख, वीरगञ्ज । पर्सा सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल आछाम जाने भएका छन् । गृह मन्त्रालयले उनलाई प्रमुख जिल्ला अधिकारीको रुपमा नियुक्त गरी अछाम पठाएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल अनिवार्य अवकाशमा जाने भएपछि लम्साललाई प्रमुख जिल्ला अधिकारी बनाएको पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

पोखरेल जेठ ६ गते अवकाश पाउँदै छन् । त्यसैगरी मन्त्रालयका उपसचिव खडानन्द खत्रीलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।


सम्बन्धित समाचार